आजदेखि 'डिग्री माइला' र 'द रेड सुटकेस' काे प्रदर्शन
काठमाडाैं | चैत ३०, २०८०
काठमाडौं: नयाँ वर्ष २०८१ को छेकाे पारेर दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्।
रामबाबु गुरूङको निर्देशनमा बनेको फिल्म 'डिग्री माइला' र फिडेल देवकोटाको निर्देशन रहेको फिल्म 'द रेड सुटकेस' शुक्रबारदेखि प्रदर्शनमा आएका हुन्।
'डिग्री माइला' मा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका छ।
साथमा माओत्से गुरूङ, प्रकाश घिमिरे, विजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय छ।
कमेडी र ड्रामा जनरामा राखिएको २ घण्टा ३० मिनेट लामो फिल्मले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीचको संघर्षको कथा प्रस्तुत गर्छ।
फिल्मको निर्मातामा विशाल गुरूङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरूङ छन्। देशभरका हलले यो फिल्मलाई उत्साहजनक शो दिएका छन्।
'द रेड सुटकेस' विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर हुनुका साथै विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा समेत पुरस्कृत भएको फिल्म हो।
काठमाडौं एयरपोर्टबाट पिकपअ भ्यानमा कफिन (शवको बाकस) लिएर पहाडी गाउँ जाने ड्राइभरको कथा फिल्मले प्रस्तुत गर्छ।
फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायत कलाकारको मुख्य भूमिका छ। निर्माताले फिल्मलाई क्युएफएक्स चेनका हलमा भने रिलिज गरेका छैनन्।
अन्य चार दर्जन भन्दा बढी हलमा फिल्म रिलिज भएको छ। यो फिल्म १ घण्टा २६ मिनेटको छ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

